फक्ताङलुङद्धारा कृषि सडक मर्मत सम्भारमा सघाउन पालिकामा सञ्चालित हाईड्रोलाई अनुरोध
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १० । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले बर्षाले क्षतिग्रस्त बनाएका पालिका क्षेत्रका कृषि सडकलाई मर्मतसम्भार तथा सफाई गरिदिन पालिकामा सञ्चालित जलविद्युत परियोजनाहरुलाई आग्रह गरेको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले सुख्खा याम लागिसकेको भन्दै पालिकाभित्रका कृषि सडकहरु मर्मतसम्भार तथा सफाई गरिदिन पालिकामा सञ्चालित जलविद्युत परियोजनाहरुलाई आग्रह गर्नु भएको छ ।
मर्मतसम्भार तथा सफाईका लागि जलविद्युत परियोजनालाई पालिकाकोतर्फबाट पटक–पटक आग्रह गरिसकिएको भन्दै उहाँले नागरिकको जीवन पाउन सहज बनाउने कार्यमा सहयोग गरिदिन आग्रह गर्नु भएको छ ।
पालिका अध्यक्ष लिम्बूले यथाशिघ्र बाटो मर्मत सरसफाईमा कार्यमा अग्रसरता देखाएर सहयोग गरिदिन पालिका क्षेत्रमा रहेका सबै जलविद्युत परियोजना सञ्चालकलाई आग्रह गर्नु भएको छ ।