सिकैचामा पुरुष तथा महिला फुटबल हुँदै
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ३० । मिम्जीफुङ साँस्कृतिक तथा तथा खेलकुद क्लव सिकैचाको आयोजनामा कात्तिक १ गतेदेखि खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
क्लवका अध्यक्ष सन्तकुमार लक्सम्बाका अनुसार कात्तिक ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका साथ आसराज बोखिमको काल्पनिक लिम्बू भाषामा आधारित मिःम्लेन् फुङ चलचित्र समेत प्रस्तुत गरिने क्लवका सचिव आशिष काङ्वाले जानकारी दिनुभयो । चलचित्र कात्तिक ६ गते प्रर्दशन गरिने भएको छ ।
फुटबल प्रतियोगिता अन्तरगत प्रथम हुनेले ३ बर्षे रनिङ शिल्ड,मेडल र प्रमाणपत्र सहित नगद ७५ हजार,द्धितीय हुनेले ५० हजार र तृतीय हुनेले ३० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फ प्रथम हुनेले ३ बर्षे रनिङ शिल्ड,मेडल र प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्दा द्धितीय हुनेले नगद ३० हजार र तृतीय हुनेले नगद २० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका कोषाध्यक्ष प्रकाश लिम्बूले जानकारी दिनुभयो ।