मध्यरातमा कालो बोको बलि दिँदै पाथीभरामा कालरात्रि पूजा

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १५ । मध्यरातमा कालो बोको बलि चढाउँदै प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा कालरात्रि पूजा गरिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले अघिल्लो बर्षझैं यसबर्ष पनि मध्यरातमा कालरात्रि पूजा गरेको हो । क्षेत्र विकास समितिका सदस्य चेतराज घिमिरे,कार्यकारी निर्देशक प्रजिन हाङवाङ र माथिल्लो फेदीका अगुवा होटल व्यवसायी इन्द्रनारायण भट्टराई सहितको उपस्थितिमा ३ हजार ७ सय ९४ मिटर उचाईमा गए मध्यरात कालरात्रि पूजा गरिएको क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो ।

महानवमी सुरु हुने रातको ठीक १२ बजे पाथीभरा मन्दिरमा कालो बोको बलि चढाएर पूजा गरिएको छ । नवरात्रको महाअष्टमी सकिने दिन र महानवमी सुरु हुने दिनको ठीक मध्यरातमा मन्दिरमा कालो बोको बलि लिएर कालरात्रि पूजा गर्ने गरिन्छ । मन्दिरमा गर्नुपर्ने अरु सबै पूजाविधि सकेपछि मध्यरातमा कालो बोको बलि दिएसंगै कालरात्रि पूजाको अध्याय पूरा हुन्छ ।

Similar Posts