बडादशैंको अवसर पारेर करिव ३८ सय मिटर उचाईको पाथीभरा मन्दिरमा एक जोडीले गरे बिबाह

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १५ । वडादशैंको शुभ अवसर पारेर एक जोडीले ३ हजार ७ सय ९४ मिटर उचाईको ताप्लेजुङस्थित पाथीभरा मन्दिरको चुचुरोमा पुगेर बिबाह गर्नु भएको छ ।

मोरङ घर भएका सुजन पराजुली(चेतनाथ) र ओखलढुङ्गा घर भएकी सविता कार्की पाथीभरा मन्दिर पुगेर बैबाहिक बन्धनमा बाँधिनु भएको हो । प्रहरी कर्मचारी रहेका उहाँहरु दुबैजना जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत रहनु भएको छ । बडादशैंको अवसरमा मन्दिरमा पुगेर बिबाह गर्ने सुजन र सविताको निर्णयलाई साथ दिन उहाँहरुका अभिभावकको रुपमा जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहनु भएका ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु समेत बैबाहिक कार्यक्रममा सरिक हुनुभयो ।

जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम मातहका प्रहरी कर्मचारीको बिबाहमा साथदिन आफुसहित प्रजिअ सेढाईँ,दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्मका गुल्मपति(सशस्त्र डिएसपी)प्रमोदप्रकाश पाठक सहितका सुरक्षा अधिकारी मन्दिर पुगेको बताउँनुहुन्छ ।‘जिल्ला प्रहरी कार्यालयमा कार्यरत भाईबहिनीले बिबाहको निर्णय गरें,हामी उनीहरुका अभिभावक बनेर मन्दिरसम्मै पुगेर साथ दियौं’जिल्ला प्रहरी प्रमुख डिएसपी गौतमले भन्नुभयो ।

बैबाहिक कार्यक्रम पछि सुमन र सवितालाई बधाई दिन पुगेका सुरक्षा निकायका प्रमुख सहितका सहभागी सामुहिक पाथीभरा मन्दिर परिसरमा तस्बिर खिचाउँदै ।

Similar Posts