पहिरोले घर पुर्दा बाजे बेपत्ता,नातिनातिना सकुशल
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २५ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ६ च्यानडाँडा भन्ने ठाउँबाट झरेको पहिरोले बाजेलाई बेपत्ता बनाएको छ भने उनका नातानातिनी
सकुशल रहेका छन् । मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रका वनेमका अनुसार चेप्टे भनेर चिनिने लाक्पाखाङ्डु शेर्पाको घर पुर्दा लाक्पाखाङ्डु बेपत्ता भएका छन् । उनका नातानातिनीहरु सकुशल रहेको जानकारी प्राप्त भएको पालिका अध्यक्ष वनेमले बताउनुभयो ।
घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको स्थानीयले जनाएका छन् ।