जिसीलाई फुनपाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १३ । सरकारले ताप्लेजुङ जिल्ला समन्वय समितिका अधिकारी डम्बरबहादुर जिसीलाई फुङलिङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह,राजपत्राङ्कित द्धितीय श्रेणी,उपसचिव वा सो सरहका १ सय २२ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने क्रममा जिल्ला समन्वय समितिका अधिकारी जिसीलाई फुङलिङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १२ गते उक्त निर्णय गरेको हो । फुनपामा अहिले कृष्णप्रसाद गौतम(शाखा अधिकृत)ले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिरहनु भएको छ ।

Similar Posts