निबेदन दिन छुट भएका भूमिहिनलाई निबेदनका लागि असोज ३ सम्मको समय

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ४ । भूमि समस्या समाधान आयोग जिल्ला समिति ताप्लेजुङले २०७८ र २०८१ सालको सूचना हुँदा निबेदन दिन छुट भएका सरोकारवालालाई असोज ३ गते भित्रमा आवश्यक कागजातसहित निबेदन दिन आवह्वान गरेको छ ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति ताप्लेजुङका अध्यक्ष कृष्णकुमार बस्नेतले असोज ३ गते भन्दा पछि आएका निबेदन भने मान्य नहुने जानकारी दिनु भएको छ ।
बस्नेतका अनुसार भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र १५ बर्ष देखि भोगचलन गरिरहेको तर नापनक्सा तथा धनीपूर्जा नभएका र निबेदन दिन छुट भएका अव्यविस्थत बसोबासीले आयोगको जिल्ला समितिमा आबेदन दिनसक्नेछन् ।