एसईई ग्रेडबृद्धि परीक्षामा ताप्लेजुङमा ५ केन्द्र

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १८ । माध्यमिक शिक्षा परीक्षा(एसईई)२०८१ को ग्रेडबृद्धि परीक्षाका लागि ताप्लेजुङमा ५ वटा केन्द्र निर्धारण गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार फुङलिङ नगरपालिमा भानुजन मावि र बासुसं मावि मेदिवुङ गरी दुईवटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
मेरिङदेन गाउँपालिकास्थित त्रिभुवन मावि थुकिमा,सिरिजङ्गा गाउँपालिकास्थित सिनाम मावि सिनाम र आठराई त्रिबेणी गाउँपालिकास्थित सरस्वती नमूना मावि हाङपाङमा ग्रेडबृद्धि परीक्षा केन्द्र निर्धारण गरिएको इकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईका अनुसार साधारण नियमिततर्फ ७ सय ६९ र प्राविधिकधारतर्फ ३१ गरी कुल ८ सय जनाले ग्रेडबृद्धि परीक्षा लेख्न आबेदन गरेका छन् ।