फुनपा–१० मा श्रमदानमार्फत सडक स्तरोन्नती

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १० । मानवीय श्रमद्धारा फत्ते गर्न सकिने कामका लागि ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० का नागरिकले शनिवार श्रमदानमार्फत पूरा गरेका छन् ।

वडाध्यक्ष सन्तोष लिम्बूको अगुवाईमा श्रमदानमा खटिएका नागरिकले गढीडाँडा–चप्लेटी हुँदै जोगिडाँडाबाट मेची राजमार्ग जोडिने मोटरबाटोलाई श्रमदानमार्फत मर्मतसम्भार गरी स्तरोन्नती गरिएको छ ।

श्रमदानमार्फत गरिएको मर्मतसम्भार तथा स्तरोन्नती कार्यले उक्त क्षेत्रमा सञ्चालन हुने सवारीको आवागमन सहज बनाउन भूमिका खेलेको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।

Similar Posts