आव २०८१।८२ मा ताप्लेजुङबाट झण्डै ५७ करोड रुपैयाँ फ्रिज

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २ । ताप्लेजुङबाट आर्थिक बर्ष २०८१।८२ मा झण्डै ५७ करोड रकम फ्रिज अर्थात् सरकारको केन्द्रीय खातामा फिर्ता भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका सहलेखापाल नवीन खनालका अनुसार संघीयतर्फको बजेटबाट ४८ करोड १४ लाख २४ हजार २ सय ६३ रुपैयाँ फ्रिज भएको छ । यस्तै प्रदेशतर्फको बजेटबाट ८ करोड ८१ लाख १८ हजार ३ सय ५७ रुपैयाँ फ्रिज भएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार ताप्लेजुङबाट कुल ५६ करोड ९५ लाख ४२ हजार ६ सय २० रुपैयाँ फ्रिज भएको देखिएको छ । कोलेनिकाका सहलेखापाल खनालका अनुसार संघीयतर्फ चालु र पुँजीगत गरी कुल ५ अर्ब ८ करोड ६३ लाख ३७ हजार ५ सय ९७ रुपैयाँ बजेट रहेकोमा ४ अर्ब ६० करोड ४९ लाख १३ हजार ३ सय ३४ रुपैयाँ खर्च भएको छ ।

प्रदेशतर्फ कुल ५८ करोड २० लाख २४ हजार ६ सय ९४ रुपैयाँ बजेट रहेकोमा ४९ करोड ३९ लाख ६ हजार ३ सय ३७ रुपैयाँ खर्च भएको छ । आव २०८१।८२ का लागि संघीयतर्फ चालुमा ४ अर्ब ३४ करोड ५७ लाख १ हजार ५ सय ९७ रुपैयाँ तथा पुँजीगततर्फ ७३ करोड ६ लाख ३६ हजार रुपैयाँ अन्तिम बजेट रहेको थियो । यस्तै प्रदेशतर्फ चालुमा ४५ करोड ३९ लाख ३० हजार ७ रुपैयाँ तथा पुँजीगततर्फ १२ करोड ८० लाख ९४ हजार ६ सय ८७ रुपैयाँ बजेट रहेको थियो ।

Similar Posts