विद्युत सहकारी प्राधिकरणलाई हस्तान्तरण नगरेसम्म आठराई त्रिबेणीले मातहत रहेका उपभोक्ताको शुल्क नतिर्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २९ । बिद्युत सहकारी संस्था विद्युत प्राधिकरणलाई हस्तान्तरण नभएसम्म ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले आगामी आर्थिक बर्षदेखि फुलवारी विद्युत सहकारी संस्था मातहत रहेका उपभोक्ताको महशुल महशुल नतिर्ने भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताका अनुसार सहकारी संस्था नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरी बरबुझारथ नगरेसम्मका लागि पालिकाले फुलवारी विद्युत सहकारी संस्था मातहत रहेका उपभोक्ताको विद्युत महशुल २०८२ साल साउन १ गते देखि नतिर्ने भएको हो । पछिल्लो निर्वाचित जनप्रतिनिधिको बर्तमान कार्यकालमा पालिका भरीका उपभोक्ताले घरायसी प्रयोजनमा प्रयोग गरेको विद्युत महशुल पालिकाले तिरेर उपभोक्तालाई विद्युत महशुल निःशुल्क गर्दै आएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मेहताका अनुसार पालिकाको वडा नं २ फुलवारीमा एकमात्र टिओडी मिटरद्धारा सम्पूर्ण लाभग्राहीको सम्पूर्ण विद्युत महशुल एकमुष्ट रुपमा रिडिङ हुँदै आएको छ । यो प्रणालीमा वडाभित्रका लाभग्राहीले व्यवसायिक रुपमा प्रयोग गर्दै आएको विद्युत महशुल औंल्याउन कठिन भएको भन्दै पालिकाले फुलवारी बिद्युत सहकारी संस्थाले नेपाल विद्युत प्राधिकरणलाई सहकारी संस्था हस्तान्तरण गरी बरबुझारथ नगरेसम्मका लागि उक्त सहकारी संस्था मातहत रहेका लाभग्राहीको विद्युत महशुल पालिकाले भुक्तानी नगर्ने जनाएको हो ।

पालिकाले फुलवारी बिद्युत सहकारी संस्थालाई पटक–पटक पत्राचार गरी विद्युत सहकारी संस्था नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्न आग्रह गर्दा समेत सहकारी संस्थाले अटेर गरेको दावी गरेको छ ।

Similar Posts