फक्ताङलुङको बजेट ५५ करोड ३८ लाख १ रुपैयाँ

उज्यालो पोष्ट
ताप्लेजुङ,असार १० । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२।८३ का लागि ५५ करोड ३८ लाख १ रुपैयाँको बजेट ल्याएको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले सभामा पेश गर्नु भएको आगामी आवको नीति तथा कार्यक्रम सभाले पास गरेपछि उपाध्यक्ष रवीन साम्रा(विकास)ले आगामी आवका लागि उक्त बराबरको बजेट सभामा पेश गर्नु भएको हो ।
उपाध्यक्ष साम्राले उक्त बजेटको स्रोत व्यहोर्ने क्षेत्रको रुपमा बित्तीय समानीकरण संघीयतर्फ ११ करोड २३ लाख ९५ लाख ६९ हजार,राजश्व बाँडफाँडतर्फ संघीय सरकारबाट १३ करोड ४० लाख र प्रदेश सरकारबाट ९५ लाख ९८ हजार,सर्शत अनुदान संघीयतर्फ २१ करोड ९४ लाख र १ करोड ३१ लाख ४२ हजार रुपैयाँ बराबर प्राप्त हुने अनुमान गर्नु भएको छ ।
बिशेष अनुदान २ करोड ७ लाख,समपुरक अनुदान संघीयतर्फ ९१ लाख र प्रदेशतर्फ १ करोड ६० लाख,आन्तरिक आयतर्फ ४९ लाख ९१ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ भने अनुमानित अल्या ५० लाख अनुमान गरिएको छ ।