अखिल क्रान्तिकारीद्धारा गणतन्त्र दिवसको अवसरमा सफाई

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १५ । गणतन्त्र दिवसको अवसर पारेर बिहीबार ताप्लेजुङको फुङलिङस्थित भिन्तुनाडाँडा देखि शहीद पार्क आसपास क्षेत्रमा सफाई गरिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन(क्रान्तिकारी) जिल्ला कमिटी ताप्लेजुङ र फुङलिङ नगर कमिटीको संयुक्त प्रयासमा सफाई गरिएको नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक बिष्णुकुमार हाङवाङ लिम्बू(वीरु)ले जानकारी दिनुभयो ।
सफाई कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष मदन ढकाल,नेकपा(माओवादी केन्द्र)का जिल्ला संयोजक वीरु,माओवादी केन्द्र ताप्लेजुङका नेता तथा फुङलिङ नगरपालिकाका पूर्व नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा),सुरज ओझा,गंगाराम शंकर सहित अखिल क्रान्तिकारी र नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।