बढी कृषक परिवार फुङलिङमा,कम मिक्वाखोलामा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १३ । ताप्लेजुङका ९ स्थानीय तहमध्ये सबैभन्दा बढी फुङलिङ नगरपालिकामा तथा सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा कृषक परिवार देखिएका छन् ।

२०७८ सालको जनगणना अनुसार ताप्लेजुङमा कुल २४ हजार ३२ कृषक परिवार छन् । कुल कृषक परिवारमध्ये फुङलिङमा ४ हजार ३ सय ३ परिवार रहेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङले प्रकाशित गरेको विवरण अनुसार मिक्वाखोला गाउँपालिकामा १ हजार ७ सय ३ कृषक परिवार छन् । फुङलिङपछि सिरिजङ्गा गाउँपालिकामा ३ हजार ५ कृषक परिवार छन् ।

फक्ताङलुङ गाउँपालिकामा २ हजार ७ सय ७३,आठराई त्रिबेणी गाउँपालिमामा २ हजार ७ सय ३३ र पाथीभरा याङवरक गाउँपालिकामा २ हजार ५ सय ५४ कृषक परिवार छन् । यस्तै मेरिङदेन गाउँपालिकामा २ हजार ४ सय ३३,सिदिङ्वा गाउँपालिकामा २ हजार ३ सय ८३ र मैवाखोला गाउँपालिकामा २ हजार १ सय ३५ कृषक परिवार रहेको कृषि ज्ञान केन्द्रले राष्ट्रिय जनगणना २०७८ को प्रतिबेदनका आधारमा विवरण सार्वजनिक गरेको छ ।

ताप्लेजुङभरीमा कृषक परिवारले चलन गरेको जग्गाको कुल क्षेत्रफल २० हजार २ सय ८४.८ हेक्टर रहेको समेत २०७८ सालको जनगणना प्रतिबेदनबाट देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ताप्लेजुङमा कृषक परिवारले चलन गरेको जम्मा ५० हजार ४ सय ३३ कित्ता जग्गा रहेको पाइएको छ । कृषि क्षेत्रमा उपयोग भएको जग्गामा सिचाँई सुविधाका उपलब्धताका हिसावले सिरिजङ्गामा सबैभन्दा बढी र मेरिङदेनमा सबैभन्दा कम देखिएको राष्ट्रिय जनगणना प्रतिबेदन २०७८ मा उल्लेख गरिएको छ ।

ताप्लेजुङभरीमा कृषकले चलन गरेको कुल हेक्टरमध्ये ८ हजार २ सय ५.८ हेक्टर क्षेत्रफलमा सिचाँई सुविधा पुगेको प्रतिबेदनमा उल्लेख गरिएको छ । कुल सिंचित क्षेत्रफलमध्ये सिरिजङ्गामा १ हजार ४ सय ९९.८ हेक्टर,फुङलिङमा १ हजार ३ सय ५८.२ हेक्टर,सिदिङ्वामा १ हजार २ सय ७.७ हेक्टर,फक्ताङलुङमा १ हजार २४ हेक्टर,आठराई त्रिबेणीमा ८ सय ३०.२ हेक्टर,पाथीभरा याङवरकमा ८ सय १५.७ हेक्टर,मैवाखोलामा ६ सय ३८.९ हेक्टर,मिक्वाखोलामा ५ सय २५.९ हेक्टर र मेरिङदेनमा ३ सय ५.३ हेक्टर क्षेत्रफल सिंचित क्षेत्र रहेको राष्ट्रिय जनगणना प्रतिबेदन २०७८ मा उल्लेख गरिएको छ ।

कृषक परिवारले उपभोग गरेको जग्गाको क्षेत्रफलका हिसावले फुङलिङमा सबैभन्दा बढी देखिन्छ । कुल कृषक परिवारले चलन गरेको क्षेत्रफलमध्ये फुङलिङमा ३ हजार २ सय ८.१ हेक्टर,सिरिजङ्गामा ३ हजार ३०.३ हेक्टर,आठराई त्रिबेणीमा २ हजार ६ सय ८५.४ हेक्टर,सिदिङ्वामा २ हजार ३ सय २९.५ हेक्टर र पाथीभरा याङवरकमा २ हजार २ सय ७७.७ हेक्टर देखिएको छ । यस्तै फक्ताङलुङ गाउँपालिकामा १ हजार ९ सय ५३.५ हेक्टर,मैवाखोला गाउँपालिकामा १ हजार ६ सय ७८.६ हेक्टर र मिक्वाखोला गाउँपालिकामा १ हजार ४ सय ४८.५ हेक्टर क्षेत्रफल जग्गा कृषक परिवारले चलन गर्दै आएको राष्ट्रिय जनगणना प्रतिबेदनमा उल्लेख गरिएको छ ।

Similar Posts