तेल्लोकमा कबड्डी खेल सम्वन्धी तीनदिने आधारभूत तालिम

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ९ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा कबड्डी खेल सम्वन्धी तीनदिने आधारभूत तालिम शुक्रवारबाट सुरु भएको छ ।

तालिमको सिरिजङ्गा गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले उद्घाटन गर्नु भएको छ । सिरिजङ्गा गाउँपालिकाको आर्थिक सहयोग तथा संयोजनमा जिल्ला कबड्डी संघको प्राविधिक सहयोग लिएर जिल्ला खेलकुद विकास समितिले तालिमको आयोजना गरेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश)का अनुसार तालिममा सिरिजङ्गा गाउँपालिकाका ९ माध्यमिक बिद्यालयका एक शिक्षक र एक शिक्षिका गरी १८ जना सहभागी छन् ।

तालिमको उद्घाटन कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लिम्बूको अध्यक्षतामा भएको थियो ।तालिममा सहभागी शिक्षकहरुले तालिमबाट प्राप्त सीपलाई बिद्यालय तहमा समेत अतिरिक्त क्रियाकलापको रुपमा उपयोग गर्न सक्ने अपेक्षा आयोजकको रहेको छ । खेलकुद प्रवद्र्धनका लागि सिरिजङ्गा गाउँपालिकाले भलिबल प्रशिक्षकलाई समेत सेवा करार गरी पालिका क्षेत्रमा प्रशिक्षण गराईरहेको छ ।

Similar Posts