आन्दोलनका कारण अबरुद्ध भएको पढाई भरणका लागि आठराई त्रिबेणीमा बर्षे बिदामा समेत ७ दिन पढाई हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ३१ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका बिद्यालयहरुमा सडक केन्द्रित शिक्षक आन्दोलनका क्रममा अबरुद्ध भएको पढाई बर्षेबिदाबाट व्यवस्थापन गर्ने सहमति बनेको छ ।

गाउँ शिक्षा समिति र पालिकाका ३३ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको संयुक्त बैठकले बर्षे बिदाका दिनमा समेत ७ दिन बिद्यालय सञ्चालन गरी आन्दोलनका क्रममा अबरुद्ध भएको पढाईलाई भरण गर्ने सहमति बनेको गाउँ शिक्षा समितिका अध्यक्ष तथा पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिनुभयो ।

पालिका अध्यक्ष पोमूका अनुसार बैशाख १ गते १५ गते सम्म भर्ना अभियान सञ्चालन हुने र उक्त समयमा पढाई नहुने भएकोले त्यो भन्दा उता अबरुद्ध भएको पढाई भरण गर्न बर्षे बिदाको केहि समय बिद्यालय सञ्चालन हुनेछन् । शिक्षकहरुको आन्दोलनका कारण अबरुद्ध भएको पढाईको क्षति भरणका लागि गाउँ शिक्षा समिति र पालिकाभरीका बिद्यालयहरुका प्रधानाध्यापकहरुको संयुक्त बैठक उक्त निश्कर्षमा पुगी निर्णय भएको पालिका अध्यक्ष पोमूले बताउनुभयो ।

Similar Posts