अखिल नेपाल किसान महासंघमा सुनुवार

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २८ । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ ताप्लेजुङको अध्यक्षमा भगिमान सुनुवार दोस्रो कार्यकालका लागि चयन हुनु भएको छ ।
महासंघको सातौं जिल्ला अधिबेशनबाट मणिकुमार मगर उपाध्यक्ष,इन्द्र लेछर्बो सचिव,मधु इजम सहसचिव र हरिप्रसाद सिग्देल कोषाध्यक्षमा चयन हुनु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी ताप्लेजुङका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार केशवप्रसाद बराल,छिनामदोर्जी तामाङ,विनय नेयोङ,लक्ष्मण चोङ्वाङ लिम्बू र सुशिल एभेङ महासंघको सदस्यमा चयन हुनु भएको छ ।
महासंघका अन्य सदस्यहरुमा यामकुमार लिम्बू,टंकप्रसाद लिम्बू,युगेन अन्छङ्वो,गोबिन्दराज बराल,छत्र गुरुङ,लिलामाया दर्जी,छबिलाल हिङ्माङ,सुमन गुरुङ,कृष्णबहादुर कार्की,दीपक राई,कुलराज न्यौपाने,भगिरथ मावो र लाखध्वज लिम्बू चयन हुनु भएको छ ।