वडा–वडाबाटै राष्ट्रिय परिचयपत्र बितरण गर्दै आठराई त्रिबेणी

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २७ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले राष्ट्रिय परिचयपत्र आइपुगेका लाभग्राहीलाई वडावडामै पुगेर परिचयपत्र बितरण गर्न थालेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताका अनुसार पालिकाको केन्द्र रहेको वडा नं ३ बाहेक अरु ४ वटै वडामा पुगेर लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु गरिएको छ । पालिकाले बैशाख ३० गते वडा नं ४ चाँगेमा र ३१ गते वडा नं ५ चाँगेमा प्राप्त भएका लाभग्राहीका राष्ट्रिय परिचयपत्र बितरण गर्ने छ । पालिकाले बैशाख २५ गते वडा नं १ निघुरादिनमा र २६ गते वडा नं २ फुलवारीका लाभग्राहीलाई परिचयपत्र बितरण कार्य सकेको छ ।
पालिकामा प्राप्त भएका परिचयपत्रहरु लाभग्राही घरधुरीमै लगेर बितरण गर्ने योजना अनुसार यस्तो अभियान अघि बढाईएको पालिकाले जनाएको छ । परिचयपत्र बितरण शिविरमा परिचयपत्र लिन छुट भएका तथा वडा नं ३ का राष्ट्रिय परिचयपत्र आइसकेका लाभग्राहीलाई बैशाख ३१ पछि पालिकाबाटै बितरण गरिने समेत आठराई त्रिबेणीले जनाएको छ । परिचयपत्र लिन जाँदा व्यक्ति स्वयं उपस्थित हुनुपर्ने तथा राष्ट्रिय परिचयपत्र भर्दाको आबेदन फारम र नागरिकता लिएर आउन समेत पालिकाले लाभग्राहीलाई आग्रह गरेको छ ।