निर्माण व्यवसायी संघ ताप्लेजुङको भवन शिलान्यास

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २२ । निर्माण व्यवसायी संघ ताप्लेजुङको भवन शिलान्यास गरिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले भवन शिलान्यास गर्नु भएको छ ।

निर्माण व्यवसायी संघ ताप्लेजुङले अहिलेसम्म भाडाकै कक्षबाट कार्यालय सञ्चालन गरिरहेको थियो । व्यवसायिक रुपमै सञ्चालनमा आउनेगरी भवन निर्माण गर्ने लक्ष्य रहेको निर्माण व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष जसबहादुर चेम्जोङ लिम्बूले जानकारी दिनुभयो । फुङलिङ नगरपालिका वडा नं ४ स्थित तमू फर्निचर अगाडि रहेको झण्डै साढे ७ आना जग्गामा भवन निर्माण हुनेगरी शिलान्यास गरिएको निर्माण व्यवसायी संघ ताप्लेजुङका उपाध्यक्ष इन्द्र केदेमले जानकारी दिनुभयो । निर्माण व्यवसायी संघ ताप्लेजुङले आइतवारबाट फुङलिङमा दुईदिने कन्ट्रक्सन म्याजेमेन्ट तालिम समेत गरिरहेको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह उक्त तालिमको समापन समारोहका प्रमुख अतिथि हुनुहुने छ ।

सोमबारै निर्माण व्यवसायी संघ ताप्लेजुङले साधारणसभा समेत गर्दैछ । उक्त कार्यक्रमलाई समेत सिंहले सम्बोधन गर्ने कार्यक्रम रहेको निर्माण व्यवसायी संघले जनाएको छ । शिलान्यास समारोहमा महासंघका केन्द्रीय अध्यक्ष सिंह,बरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा(एडी),महासचिव रोशन दाहाल,कोशी प्रदेश समिति अध्यक्ष जनक सुबेदी,कोषाध्यक्ष सन्तोष बस्नेत,जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढई सहित निर्माण व्यवसायी संघ ताप्लेजुङका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Similar Posts