नेकपा एस ताप्लेजुङद्धारा पूर्वाधार देखि स्वास्थ्य र विद्युतसम्मका ६ पत्ते मागपत्र प्रजिअमार्फत सरकार समक्ष पेश

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १९ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्लाका समसामयिक बिषयका मागपत्र जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष पेश गरेको छ ।

जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य नीताकुमारी सिवा र कार्यवाहक जिल्ला अध्यक्ष दुर्गाप्रसाद श्रेङचोङवाङ सहितका नेताहरुले शुक्रवार प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मामार्फत उक्त मागपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष पेश गर्नु भएको हो । १६ वटा योजनाको नाम तोकेरै सडक पूर्वाधारतर्फ ति योजना पूरा गर्न माग गरिएको छ । सडक पूर्वाधारतर्फ तमोर करिडोर सडक तथा उक्त क्षेत्रमा निर्माण हुनुपर्ने पुलहरु समयमै निर्माण गर्न,बसन्तपुर–गुफा–साँघु सडक कालोपत्रे गर्न र काबेली करिडोर सडकलाई पूर्णता दिने लगायतका माग गरिएको छ ।

जलविद्युततर्फ जिल्लालाई लगानीमैत्री बनाउन,परियोजनाको वातावरणीय मूल्याङ्कनको बिधि र प्रकृयालाई पारदर्शी बनाई कडाईका साथ कार्यान्वन गर्ने सहितका माग गरिएको छ । पदमार्गतर्फ मिल्के–जलजले–साँघु–फाकुम्बा–थिङलाबु–गुराँसे पोखरी–चाँगा–किलिङ–तोक्पेगोाला–याङमा–घुन्सा पदमार्ग सहितको माग गरिएको छ । भवनतर्फ गाउँपालिका केन्द्रमा सामुदायिक भवन निर्माण तथा फुङलिङ नगरपालिकामा सामुदायिक भवन निर्माण गर्न माग गरिएको छ । फुङलिङ नगरपालिकामा अहिले रहेको सामुदायिक भवन सहितको क्षेत्रलाई आधार मानी वृहत्त सामुदायिक भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिबेदन तयार गर्न अहिले माटो परीक्षण सहितका कार्य भने भइरहेको छ ।

कृषितर्फ ६ बुँदे,उद्योगतर्फ ३ बुँदे,शिक्षातर्फ ५ बुँदे र स्वास्थ्यतर्फ बीमा कार्यक्रम प्रभावकारी बनाउने,न्यूनतम् रुपमा बालरोग स्त्रीरोग,दाँत,हाड र मुटु रोगका विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने सहितका ६ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरिएको छ । मागपत्रमा पर्यटन प्रर्वद्धन,सुशासन कायम राख्ने सहित सामाकिजतर्फ जातीय छूवाछुत र विभेद अन्त्य गर्ने देखि उत्पीडन बिरुद्धका अभियान प्रभावकारी बनाउने सम्मका कार्यक्रम समावेश गर्न माग गरिएको छ । यस्तै शान्ति सुरक्षातर्फ प्रहरी चौकी थप देखि ट्राफिक प्रहरीको संरचना पालिका स्तरसम्म बिस्तार गर्नुपर्ने सहितका मागपत्र पेश गरिएको नेकपा एसका जिल्ला सचिव मोहन न्यौपानेले जानकारी दिनुभयो । नेकपा एसले ताप्लेजुङले ६ पत्ते मागपत्र सरकारसमक्ष पेश गरेको हो ।

 

 

Similar Posts