एस ट्रनिङदेखि पापुङ वडा कार्यालयसम्म हरेकदिन बिहान १० बजेदेखि मोटरबाटो बन्द हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १४ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित फुङफुङ्गे झरनाबाट पापुङतर्फको एस ट्रनिङदेखि पापुङसम्मको मोटरबाटो हरेक दिन बिहान १० बजेदेखि ७ बजे सम्म बन्द हुने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल गौतमका अनुसार सडक स्तरोन्नतीको कार्यका लागि बैशाख १४ गते आइतवार देखि अर्को सूचना जारी नभएसम्मका लागि हरेक दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म मोटरबाटो बन्द हुने छ । पालिकाले उक्त क्षेत्रमा पर्ने खोलामा पौडी खेल्न,माछा मार्न तथा जंगलमा बाख्राबस्तु चरन कार्य बन्द गरिदिन आग्रह गरेको छ ।

सडक निर्माण कार्यको क्रममा ढुङ्गा तथा माटो खस्ने र त्यसले असर गर्ने भएकोले पालिकाले सावधानी अपनाइदिन आग्रह गरेको हो । पालिकाले मोटरबाटो हरेकदिन बिहान १० बजेदेखि साँझ ७ बजे सम्म बन्द गर्नु परेकोप्रति क्षमा याचना समेत गरेको छ ।

Similar Posts