सडकपेटी ढाक्नेगरी सामान नराख्न र शुक्रवार पसल तथा ढीक नखोल्न ताप्लेजुङ उद्योग वाणिज्य संघको आग्रह

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ११ । ताप्लेजुङ उद्योग वािणज्य संघले सडक पेटी ढाक्नेगरी पसलका सामान नराख्न तथा हरेक साता शुक्रवार बन्द हुने फुङलिङ बजारको बन्दलाई प्रभावकारी बनाईदिन आग्रह गरेको छ ।

बिहीबार ताप्लेजुङ उद्योग वाणिज्य संघले सूचना जारी गर्दै यातायात आवागमनमा समेत प्रत्यक्ष असर भइरहेकोले सडक पेटी ढाक्नेगरी पसलका सामान नराख्न आग्रह गरेको हो । ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमले सडकपेटि ढाक्नेगरी पसलका सामान नराखी आवागमन सहज बनाउने कार्यमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

साताको शुक्रवार हुने गरेको फुङलिङका बजार पसल बन्द कार्यक्रमलाई प्रभावकारी बनाईदिन तथा झुक्याएर ढीक तथा सटर खोली व्यवसाय नगर्न समेत वाणिज्य संघले आग्रह गरेको छ । ताप्लेजुङ उद्योग वाणिज्य संघको आवह्वानमा हरेक साताको शुक्रवार एकदिन फुङलिङका पसलहरु बन्द हुँदै आएका छन् ।

Similar Posts