पाथीभरा क्षेत्र विकास समितिद्धारा दुई कार्यविधिको मस्यौदामा सरोकारवालाको राय सुझाव ग्रहण

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ७ । पाथीभरा क्षेत्र विकास समितिले आइतवार राजनीतिक दल सहितका सरोकारवालासंग तयार भएका दुई कार्यविधिको मस्यौदा उपर सुझाव तथा राय लिएको छ ।

तयार भएका कार्यविधिको मस्यौदा उपर प्राप्त भएका रायलाई समेत समेटेर अन्तिम रुप दिई क्षेत्र विकास समितिको बैठकमा पेश गर्नेगरी यहाँका क्रियाशिल राजनीतिक दल सहितका सरोकारवालासंग राय सुझाव संकलन गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो । क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार क्षेत्र विकास समितिले पाथीभरा देवी अक्षयकोष सञ्चालन कार्यविधि र सुनचाँदी तथा भेटि संकलन कार्यविधि गरी दुई कार्यविधिको मस्यौदा तयार गरेको छ ।

क्षेत्र विकास समितिले उक्त दुई कार्यविधिको मस्यौदा तयारीका लागि कार्यदल बनाएको थियो । कार्यदलमार्फत तयार भएका मस्यौदाका कार्यविधिमा सरोकारवालाको राय सुझाव ग्रहणका लागि कार्यक्रम आयोजना गरिएको क्षेत्र विकास समितिले जनाएको छ । राय सुझावका लागि क्षेत्र विकास समितिले यहाँ रहेका क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति,उद्योगी व्यवसायी,क्षेत्र विकास समितिका पूर्व अध्यक्ष तथा कार्यकारी निर्देशक र सञ्चारकर्मी सहित पाथीभरा क्षेत्रको विकास र उन्नयनमा क्रियाशिल व्यक्तिलाई आमन्त्रण गरिएको थियो ।

 

Similar Posts