सिरिजङ्गाद्धारा तेल्लोक र पेदाङका बिद्यालयका लागि १६ जग्गाधनीबाट जग्गा अधिग्रहण प्रकृया सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १९ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले वडा नं ४ स्थित तेल्लोक मावि र वडा नं ५ स्थित राष्ट्रिय मावि पेदाङको भौतिक संरचना तथा खेलमैदान निर्माणका लागि १६ जना जग्गाधनीको जग्गा अधिग्रहण गर्ने प्रकृया अघि बढाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेका अनुसार तेल्लोक माविका लागि १२ जना तथा राष्ट्रिय माविका लागि ४ जना जग्गाधनीबाट जग्गा अधिग्रहण गर्ने प्रकृया अघि बढेको हो । जग्गा प्राप्ति ऐन २०३४ अनुसार गाउँ कार्यपालिकाको नाममा जग्गा अधिग्रहण गरी पास गर्ने प्रकृया अघि बढेको हो । गाउँपालिकाले चैत १४ गतेका मितिले ३५ दिन भित्र जग्गाधनीहरुको कुनै गुनासो वा जग्गा प्राप्ति वा अधिग्रहण सम्वन्धी कुनै दावी बिरोध भए पालिकामा निबेदन गर्न आग्रह गरेको छ ।

पालिकाले तेल्लोक माविका लागि कित्ता नं ३१६ का खगेन्द्र कुँवर,३१५ का बालुराम भट्टराई,३०२ का ज्ञानेन्द्र मिश्र,३६९ का रुकमान थेबे,२६९ का तिलमाया लिम्बू र २६८ का गोजबहादुर थेबेको जग्गा अधिग्रहणको प्रक्रियामा रहेको बताएको छ । यस्तै तेल्लोक माविकै लागि कित्ता नं ३२३ का खगेन्द्रबहादुर बिष्ट र डम्बरहादुर पौडेल,३३९ का अग्निमाया राई र उमा लिम्बू राई,३२४ का दीपबहादुर ताम्लिङ,२१ क जसोदा थेबे,२२ का मानबहादुर थेबे र २६७ का कालीबहादुर थेबेको जग्गा अधिग्रहण गर्ने प्रक्रिया रहेको पालिकाले जनाएको छ ।

उता राष्ट्रिय मावि पेदाङका लागि कित्ता नं २३१ का बमप्रसाद गौतम,१८६ र १८८ का सन्तोष गौतम र १८७ का हेमराज बुढाक्षेत्रीको जग्गा पनि अधिग्रहणको प्रक्रियामा रहेको पालिकाले जनाएको छ । उल्लेखित कित्ता नं का जग्गाधनी तथा आसपास क्षेत्रका जग्गाधनीहरुले अधिग्रहण प्रक्रिया बारे आफ्नो कुनै गुनासो,राय वा सुझाव भए राख्न मौका दिने पालिकाले निर्णय लिएको हो ।

 

Similar Posts