खेलकुद महासंघ ताप्लेजुङमा दिवस

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १८ । नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल खेलकुद महासङ्घ ताप्लेजुङको दोश्रो जिल्ला अधिवेशनले दिवस चोङवाङ( थर्ककुमार )अध्यक्ष रहेको कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।

खेलकुद महासङ्घका केन्द्रीय सचिव तथा कोशी प्रदेश कमिटी इञ्चार्ज विप्लव घोषको प्रमुख आतिथ्यमामा सम्पन्न भएको अधिवेशनले चोङवाङलाई पुन अध्यक्षमा चयन गरेको हो । महासंघको उपाध्यक्षमा दुर्गाप्रसाद पालुङ्वा र प्रताप साँवा चयन हुँदा सचिवमा तेजवीर मेन्याङ्वो चयन हुनुभयो । कमिटीको उपसचिवमा डिल्ली गुरुङ र टीका थोप्रा तथा कोषाध्यक्षमा रमित सुनुवार चयन हुनु भएको छ ।

कमिटीको सदस्यहरुमा राजकुमार सुनुवार,अमृत थेबे,सन्तोष लिङखिम,अर्जुन गुरुङ,युजिन लिङदेन,सुवास राई,अर्जुन थलङ,विशाल आङ्वुहाङ,दीपेश शेर्पा,सविन राई,आराध्या लिम्बू,सुमन गुरुङ र मञ्जु थलङ चयन हुनु भएको छ । कार्यक्रममा नेकपा एमालेका कोशी प्रदेश कमिटी सदस्य मातृकाप्रसाद भट्टराई र नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य मंणिशंकर पोमू लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

Similar Posts