वडा सदस्यको मृत्युपछि फक्ताङलुङले दियो चैत १७ मा बिदा

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १५ । वडा सदस्यको मृत्युमा शोक मनाउन ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले चैत १७ गते आइतवार एकदिनका लागि सार्वजनिक बिदा दिएको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले अध्यक्ष स्तरीय निर्णय गर्दै फक्ताङलुङ गाउँपालिकाका वडा नं ४ इखाबुका वडा सदस्य दिलमाया विकको मृत्यु भएको र शोक मनाउन चैत १७ गते एकदिनका लागि पालिकाभरीका सार्वजनिक बिदा दिएको जनाउनु भएको छ ।
पालिकाले बिकको मृत्युसंगै पालिकाका एक सालिन र कुशल जनप्रतिनिधि गुमाएको भन्दै दुःख व्यक्त समेत गरेको छ ।