उत्कृष्ट कार्य सम्पादन गर्ने ताप्लेजुङ प्रहरी प्रमुख रावल सहितका प्रहरी कर्मचारी प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १४ । कोशी प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) रवि रावल सहितका प्रहरी कर्मचारीलाई पुस्कृत गरेका छ ।
कोशी प्रदेश प्रहरी प्रमुख(डिआईजी)राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण तथा अनुगमनसंगै उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारी तथा प्रहरी कर्मचारीलाई पुरस्कृत गर्नु भएको छ । डिआईजी अधिकारीले जिल्ला प्रहरी प्रमुख रावल तथा दुर्गम क्षेत्रका प्रहरी इकाइहरुमा कार्यरत उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । डिआईजी अधिकारीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण समेत गर्दै कार्यरत प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।
निर्देशनका क्रममा अधिकारीले आचरण तथा व्यवहारमा सुधार ल्याई आपसी भाईचारा तथा सहयोगी भावनाको साथ आफ्नो काम कर्तव्य र जम्मेवारीलाई सदैव प्राथमिकतामा राखी काम गर्न प्रहरी कर्मचारीलाई भन्नु भएको छ । उहाँले संगठनको हित र उद्धेश्यलाई सर्वोपरी ठानी शरिरको अंग मुटु जस्तै बिश्राम नलिईकन प्रहरीले नागरिकमैत्री प्रहरी सेवा प्रदानु पर्ने बताउनु भएको छ । धार्मिक र पर्यटकिय क्षेत्रहरु भएको हिमाली जिल्ला ताप्लेजुङमा लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी शान्ति सुरक्षा,अपराध अनुसन्धान तथा नियन्त्रणका साथै सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा हुने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न प्रतिबद्ध भई परिचालित हुन समेत उहाँले निर्देशन दिनु भएको छ । उहाँले ‘दुर्जनको लागि डर र सज्जनको लागी भर’ भई उच्च मनोवलका साथ प्रहरी सेवाको पहुँच पु¥याउन सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।