अक्षयकोष दातालाई मैवाखोलाको सम्मान

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १३ । गृहगाउँका दुई बिद्यालमा ६ लाख रुपैयाँ बढीको अक्षयकोष स्थापना गर्ने एक समाजसेवीलाई ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सम्मान गरेको छ ।
आफ्ना बुबा पदमलाल र आमा जसमतिको स्मृतिमा छ लाख तीन हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेर शैक्षिक उन्नयनमा उल्लेख्य योगदान गरेको भन्दै मैवाखोला गाउँपालिका पालिकाको वडा नं ४ का भरतकुमार चोङ्वाङलाई सम्मान गरेको पालिकाका शिक्षा शाखाका प्राविधिक अर्जुनकुमार घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले सामाजिक व्यत्तित्व चोङ्वाङलाई सहयोगको कदर गर्दै कदरपत्र बितरण गर्नु भएको छ ।
चोङवाङले मैवाखोला गाउँपालिका वडा नं ३ स्थित सरस्वती आधारभूत बिद्यालय तुम्बेमा तीनलाख एकहजार पाँचसय सय र वडा नं ४ स्थित गंगा आधारभूत बिद्यालयमा तीनलाख एकहजार पाँचसय सय गरी कुल तीनलाख तीनहजार रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ । अक्षयकोषमार्फत सम्वन्धित बिद्यालयका आर्थिक विपन्न तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सहयोगमा लागि ठूलो योगदान पुग्ने पालिकाले विश्वास लिएको छ ।