सिदिङ्वामा परिवार नियोजन स्वास्थ्य शिविर हुँदै

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ८ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाको केन्द्र साब्लाखुमा रहेको साब्लाखु स्वास्थ्य चौकीमा परिवार नियोजनका अस्थायी साधनहरु राख्ने तथा झिक्नेहरुका लागि सेवा प्रदान गर्न शिविरको आयोजना गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत विकास विकका अनुसार चैत १४ गते बिहीबार एकदिनका लागि उक्त शिविर आयोजना गरिएको छ ।
शिविरमा १२ बर्षे आईयुसिडी राख्ने तथा झिक्ने,५ बर्षे इन्प्लान्ट राख्ने तथा झिक्ने,महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच र महिलाहरुको आङ् खस्ने बिरुद्धको रिङ पेसरी राख्ने तथा परीक्षण गर्ने कार्य हुने पालिकाले जनाएको छ ।