स्वास्थ्य सम्बेदनशिलतामा अपनाउनुपर्ने दैनिकी जानकारी दिन मैवाखोलाद्धारा स्वास्थ्य सचेतना कार्यक्रम सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ७ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले स्वास्थ्य सम्बेदनशिलतामा अपनाउनुपर्ने दैनिकी बारे नागरिकलाई सचेत गराउन स्वास्थ्य सचेतना कार्यक्रम सुरु गरेको छ ।

मैवाखोला गाउँपालिकाले फाकुम्बा स्वास्थ्य चौकीबाट सुरु गरेको छ । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार सचेतना कार्यक्रम पालिकाका ६ वटै वडामा पुग्ने छ । प्राथमिक स्वास्थ्य केन्द्र ढुङ्गेसाँघुमा मेडिकल अधिकृत डाक्टर नवराज चापागाँईको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीका टोलीले नागरिकहरुलाई स्वास्थ्य सचेतना कार्यक्रमको अभिमुखीकरण गर्ने मैवाखोला गाउँपालिकाले जनाएको छ । सचेतना अभिमुखीकरणका साथ उच्च रक्तचाप,मृगौला सम्वनधी रगत जाँच,मधुमेह जाँच र उमेर र उचाई अनुसारको तौल जाँच समेत गरिने पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

वनेमका अनुसार मानिसहरुले अवलम्बन गर्न थालेको आधुनिक जीवनशैलीका कारण समाजमा उच्च रक्तचाप,मधुमेह,मृगौला खरावी,क्यान्सर र दम जस्ता दीर्घरोग तथा कुपोषण र अपाङ्गता जस्ता समस्या देखा पर्दै गईरहेका छन् । यस्ता समस्या बिरुद्ध बेलैमा सचेतना अपनाउन नागरिकहरुलाई स्वास्थ्य सम्वन्धी जानकारी दिने उद्देश्यले स्वास्थ्य सचेतना कार्यक्रम सुरु गरिएको पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । समाजमा सर्ने रोग भन्दा नसर्ने रोग मानव स्वास्थ्यका लागि चुनौतिको बिषय बन्दै गईरहेको र यसको रोकथाम तथा नियन्त्रणका लागि पालिकाको अग्रसरता जरुरी देखेर अभियानको थालनी गरिएको समेत वनेमले बताउनुभयो । नसर्ने रोगहरुको बृद्धि हुँदै जानुमा दैनिक आहारबिहार र निश्क्रिय जीवनशैली प्रमुख कारण देखेर स्वास्थ्य सचेतना कार्यक्रम अघि सारिएको पालिकाले जनाएको छ ।

 

 

Similar Posts