आव २०८२।८३ मा ताप्लेजुङका स्थानीय तहले झण्डै एक अर्ब रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउँदै(कसको कति?)

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ५ । नेपाल सरकारबाट आर्थिक बर्ष २०८२।८३ मा ताप्लेजुङका स्थानीय तहलाई करिव १ अर्ब रुपैयाँ बित्तीय समानीकरण अनुदान प्रदान गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको छ । वित्तीय समानीकरणतर्फ ताप्लेजुङका स्थानीय तहले कुल ९९ करोड २० लाख रुपैयाँ अनुदान पाउनेछन् ।
वित्तीय समानीकरण भन्नाले न्यूनतम् अनुदान,सुत्रमा आधारित अनुदान र कार्य सम्पादनमा आधारित अनुदान मात्र हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आफ्नो वेभसाइटमार्फत उल्लेख गरेको विवरण अनुसार वित्तीय समानीकरणतर्फ ताप्लेजुङमा सबैभन्दा बढी फुङलिङ नगरपालिकामा १४ करोड ६९ लाख र सबैभन्दा कम मैवाखोला गाउँपालिकामा ९ करोड ४४ लाख अनुदान प्रदानको सिफारिस भएको छ ।
आयोगका अनुसार फुङलिङ नगरपालिकाले न्यूनतम् अनुदान ३ करोड ७५ लाख,सुत्रमा आधारित अनुदान १० करोड ४६ लाख र कार्य सम्पादनमा आधारित अनुदान ४८ लाख पाउने छ ।
मैवाखोला गाउँपालिकाले न्यूनतम् अनुदान ३ करोड ५० लाख,सुत्रमा आधारित अनुदान ५ करोड ३९ लाख र कार्य सम्पादनमा आधारित अनुदान ५५ लाख रुपैयाँ पाउने छ ।
१२ करोड ७८ लाख वित्तीय समानीकरण पाउने सिरिजङ्गा गाउँपालिकाले ५ करोड न्यूनतम् अनुदान,७ करोड ३० लाख सुत्रमा आधारित अनुदान र ४८ लाख कार्य सम्पादनमा आधारित अनुदान पाउने छ ।
फक्ताङलुङ गाउँपालिकाले न्यूनतम् अनुदान ५ करोड,सुत्रमा आधारित ५ करोड ७३ लाख र कार्य सम्पादनमा आधारित अनुदान ५० लाख गरेर कुल ११ करोड ३३ लाख वित्तिीय समानीकरण अनुदान पाउने छ ।
१० करोड ७९ लाख वित्तीय समानीकरण अनुदान पाउने मेरिङदेन गाउँपालिकाले न्यूनतम् अनुदान ४ करोड,सुत्रमा आधारित अनुदान ६ करोड २१ लाख र कार्य सम्पादनमा आधारित अनुदान ५८ लाख पाउने छ ।
१० करोड ३० लाख वित्तीय समानीकरण अनुदान पाउने सिदिङ्वा गाउँपालिकाले न्यूनतम् अनुदान ४ करोड,सुत्रमा आधारित अनुदान ५ करोड ९१ लाख र कार्य सम्पादनमा आधारित अनुदान ३९ लाख पाउने छ ।
१० करोड ७ लाख वित्तीय समानीकरण अनुदान पाउने पाथीभरा याङवरक गाउँपालिकाले न्यूनतम् अनुदान ३ करोड,सुत्रमा आधारित अनुदान ६ करोड ५० लाख र कार्य सम्पादनमा आधारित अनुदान ५७ लाख पाउने छ ।
१० करोड अनुदान पाउने आठराई त्रिबेणी गाउँपालिकाले न्यूनतम् अनुदान ३ करोड,सुत्रमा आधारित अनुदान ६ करोड ५० लाख र कार्य सम्पादनमा आधारित अनुदान ५० लाख पाउने छ ।
मिक्वाखोला गाउँपालिकाले ९ करोड ९० लाख अनुदान आउने छ । मिक्वाखोलाले न्यूनतम् अनुदान ४ करोड ७५ लाख,सुत्रमा आधारित अनुदान ४ करोड ७३ लाख र कार्य सम्पादनमा आधारित अनुदान ४२ लाख पाउने छ ।