मैवाखोलामा ‘एकघर,एकधारा’अभियान

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ‘एकघर,एकधारा’अभियान सञ्चालन हुन थालेको छ ।

पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यक्रम अन्तरगत ‘एकघर,एकधारा’अभियान सुरु भएको हो । मैवाखाला गाउँपालिका र गोरखा वेलफेयर ट्रस्ट(जिडब्लुटी)को संयुक्त साझेदारीमा पालिकामा उक्त अभियान सुरु भएको पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

पालिकाको वडा नं ६ फाकुम्बास्थित आरुबोटे खानेपानी आयोजनाको प्रगतिबारे पालिका अध्यक्ष वनेम,वडाध्यक्ष राजुमान लिम्बू सहितकाका पदाधिकारीले अनुगमन समेत गर्नु भएको छ । आरुबोटे खानेपानी आयोजनाबाट स्थानीय ४७ घरधुरी,एक सामुदायिक बिद्यालय र एक गुम्बा सहित ४९ वटा धारामार्फत खानेपानी बितरण हुने पालिकाले जनाएको छ ।

Similar Posts