|

फुङ्लिङ–६ द्वारा आफ्नै भवनबाट सेवा प्रवाह गर्न सुरु

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २८ । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–६ ले आफ्नै नव–निर्मित कार्यालय भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । वडा नम्बर ६ ले बिहीबारे काउले टोलमा निर्माण गरिएको आफ्नै वडा कार्यालय भवनबाट सेवा प्रवाह गर्न थालेको हो ।
वडाध्यक्ष मदन गुरुङ (तेज) ले मंगलाबारदेखि आफ्नै भवनबाट सेवा दिन थालेको जानकारी दिनुभयो । वडाको कार्यालय अर्थात प्रशासकीय भवन निर्माण सम्पन्न भएसँगै सेवा सुरु गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेपछि वडाबासी सेवाग्राहीले थप राहतको महशुस गरेका गुरुङको भनाइ छ ।
वडा कार्यालय भवन ममता कन्स्ट्रक्सनले कुल ८३ लाख ८६ हजार १७९ रुपियाँको लागतमा निर्माण गरेको हो । नवनिर्मित दुईतले भवनमा वडाध्यक्षको कार्यकक्ष, वडासचिव र प्राविधिकाको छुट्टाछुट्टै कार्य कक्षसमेत सातवटा कोठा रहेका छन् । अन्य कोठाहरुमा सभा कक्ष, भण्डारण कक्ष र भान्सा कोठा रहेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । यसअघि घर भाडामा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो ।

Similar Posts