थेचम्बुका आगलागी पीडित तामाङ परिवारलाई स्थानीयको अगुवाईमा संकलन भएको झण्डै ६९ हजार रकम हस्तान्तरण

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २५ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं २ थेचम्बु ओलकका आगलागी पीडित युवराज तामाङलाई स्थानीयले आफैं संकलन गरेर ६८ हजार बढी रकम हस्तान्तरण गरेका छन् ।

सहयोग रकम संकलनका अगुवा सञ्जय मेन्याङ्वोका अनुसार स्थानीय ५५ जनाबाट रकम संकलन गरी ६८ हजार ८ सय ६५ रुपैयाँ नगद आगलागी पीडत तामाङ परिवारलाई हस्तान्तरण गरिएको छ । मेन्याङ्वोले सहयोग अभियानका क्रममा संकलन भएको रकम पीडित परिवारकै घरमा पुगेर हस्तान्तरण गरेको जानकारी दिनुभयो । फागुन १८ गते बिद्युत सर्ट भई तामाङको घर जलेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार ढुङ्गा,माटो,बाँस र चित्राले बनेको तामाङको घर जल्दा २ लाख ३० हजार मूल्य बराबर क्षति भएको प्रारम्भिक तथ्याङ्क संकलन भएको छ ।

Similar Posts