हरेक महिनामा एकदिन श्रमदानका लागि कार्यकर्ता उतार्दै थेचम्बु एमाले

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १८ । पाथीभरा याङवरक गाउँपालिका वडा नं २ स्थित नेकपा एमालेको थेचम्बु वडा कमिटीले मासिक रुपमा हप्तामा एकदिन जनश्रमदान अभियान चलाउन थालेको छ ।

पार्टी सदस्यका प्रत्येक घरधुरीबाट पायकपर्ने स्थलमा महिनामा एकदिन श्रमदानमा सहभागी हुनुपर्नेगरी अभियान चलाईएको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा वडा इञ्चार्ज तेजविर मेन्याङ्वोले जानकारी दिनुभयो ।

मेन्याङ्वोका अनुसार श्रमदानमा मानव श्रमबाट गर्न सकिने बाटोमर्मत,खाल्डाखुल्डी पुरपार,बाटोमा खसेका ढुङ्गाहरु पन्साउने,पानीका मुहानहरु सफाई गर्ने,बाटो सफाई गर्ने,मठमिन्दर,बिद्यालय र सार्वजनिक स्थल वरपर सफाई गर्ने जस्ता काम हुनेछन् ।

बाटो मर्मत सहितका कामहरुमा समेत आफुहरुले सहयोग गर्न सक्ने अभियानका अगुवा समेत रहनु भएका मेन्याङ्वोले जानकारी दिनुभयो ।

 

Similar Posts