माओवादी केन्द्रमिक्वाखोला अध्यक्षमा डण्डु लामा

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १६ । नेकपा (माओवादी केन्द्र) मिक्वाखोला गाउँपालिका कमिटीको अध्यक्षमा डण्डु लामा चयन हुनुभएको छ । गाउँपालिका कमिटीको तेस्रो अधिवेशनबाट लामा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
गाउँपालिका उपाध्यक्षसमेत रहनुभएका लामा दोस्रो कार्यकालका लागि माओवादी केन्द्र पालिका कमिटी अध्यक्षमा चयन हुनुभएको हो । अधिवेशनले ४५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा ऐश्वर्यराज थापा, दीपक लिम्बू र मनकुमारी भुजेल, सचिवमा विनोद साँवा, सहसचिवमा रनध्वोज थलङ र कोषाध्यक्षमा धनकुमार थलङ चयन हुनु भएको छ ।
पालिका कमिटीको अधिवेशन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसिएल केन्द्रीय अध्यक्ष सुवोध श्रीपाइली, केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुडाक्षेत्री (पराग), वैकल्पिक केन्द्रीय सदस्यद्वय बिजयप्रकाश वनेम र मिङ्माडण्डु शेर्पा लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।