ताप्लेजुङको हाङपाङमा एकघरमा आगलागी

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १५ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङ(साविक हाङपाङ–२)मा एक घर जल्दा ८ लाख मूल्य बराबरको क्षति भएको छ ।
आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले स्थानीय इन्द्रबहादुर निरौलाको घर जलेको जानकारी दिनुभयो । विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । ‘घर ध्वस्त भएको छ,दुःखद् घटना भयो’पालिका अध्यक्ष पोमूले भन्नुभयो ।