पाथीभरा केवलकार बिबादबारे कोशी प्रदेशका संघीय सांसदसंग गृहमन्त्रीले छलफल गर्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १५ । पाथीभरा केवलकार बिबाद बारे गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका संघीय सांसदहरु छलफल गर्ने गर्ने हुनु भएको छ ।
आन्दोलनरत पक्षसंग बार्ता गर्न गठित बार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले राजधानीमा उपलब्ध कोशी प्रदेशका संघीय सांसदसंग गृहमन्त्री लेखकले छलफल गर्न लागेको पुष्टी गर्नुभयो । उहाँले सरकारी बार्ताटोलीकातर्फबाट आन्दोलनरत पक्षलाई बार्तामा आउन औपचारिक आवह्वान गर्दै पत्र लेख्ने तयारी भइरहेको बताउनुभयो ।
’पत्रको मस्यौदा तयार हुँदै छ,हामी आज नै बार्ताका लागि आन्दोलनरत पक्षलाई औपचारिक पत्र लेखेर बार्ताका लागि आवह्वान गर्ने छौं’भट्टराईले भन्नुभयो । उहाँका अनुसार सरकारी बार्ताटोलीले मुक्कुमलुङ खारेजी संयुक्त संघर्ष समितिका संयोजक श्री लिङखिम र पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बूलाई संबोधन गरेर बार्ताका लागि औपचारिक पत्र लेख्ने तयारी छ ।
यता मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले रिर्पोर्टस् क्लवमा पत्रकार सम्मेलन गर्ने भएको छ ।