ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

उज्यालो पोष्ट
ताप्लेजुङ,फागन ४ । विगत केहिदिन यता मौसममा देखिएको अचानकको परिवर्तनसंगै ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको छ ।
शनिवार रातिबाट हिमपात सुरु भएको माथिल्लो फेदिका होटल व्यवसायी तथा पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । उहाँका अनुसार माथिल्लो फेदि देखि उभों पाथीभरा मन्दिर आसपास सम्म हिमपात भइरहेको छ ।‘ म मन्दिर क्षेत्र पुग्न लागेको छु,अहिले भने हिमपात भएको छैन’महतले भन्नुभयो ।
पाथीभरा मन्दिर ३ हजार ७ सय ९४ मिटर र माथिल्लो फेदि ३ हजार १ सय १० मिटर उचाईमा छन् । धुम्म मौसम र चिसो अवस्था कायम रहेकोले यो अवस्था नहटे थप हिमपात हुनसक्ने अनुमान गरिएको छ ।