पाथीभरा केवलकार बिबाद सम्वधमा सरकार र आन्दोलनरत पक्षबिच ६ बुँदे सहमति,२७ गते पुनःबार्ता हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २२ । पाथीभरा क्षेत्रको केवलकार निर्माणको बिषयमा देखिएको बिबाद समाधानका बिषयमा आन्दोलनरत पक्ष र सरकारबिच भएको बार्ता ६ बुँदे सहमतिमा पुनःबार्ता बस्नेगरी स्थगित भएको छ ।
सहमति अनुसार गत माघ १५ गते जारी यातायात बन्द स्थगन हुने छ । यस्तै आन्दोलनका क्रममा थुनामा रहेका बन्दीहरुको बिना सर्त तत्काल रिहाईको प्रकृया आरम्भ हुने भएको छ । सहमति अनुसार पाथीभरा केवलकारको सव स्टेशन माथिको कार्य स्थगन गर्ने र स्टेशनका सन्दर्भमा आगामी २७ गते बस्ने अर्को बार्तामा बिस्तृत छलफल हुने भएको छ ।
गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको घटनाको बिषयमा छानबिन गरी दोषीलाई कानुनी कारवाही गर्ने सहमति पनि भएको छ । सरकारले घोषणा गरे अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने सहमति भएको छ ।
सहमति अनुसार मुक्कुमलुङ संरक्षण पक्षहरुबाट बार्ताका दौरानमा माग भएका पाथीभरा केवलकार निर्माणमा भएका असहमति लगायतका बिषयमा माघ २७ गते बस्ने बार्तामा छलफल गर्ने सहमति भएको आन्दोलनरत पक्षबाट बार्ता सहजीकरण समिति सदस्य सरस्वता सिंघकले जानकारी दिनुभयो ।