शुभकामना आदान–प्रदान गर्दै सोनाम ल्होसार मनाईदैं
उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १७ । नेपाल तामाङ घेदुङको अगुवाईमा तथा बिभिन्न समुदायका छाता संस्थाहरुको सहभागितामा ताप्लेजुङमा २८६१ औं सोनाम ल्होसार मनाईएको छ ।
नेपाल तामाङ घेदुङ ताप्लेजुङ जिल्ला समन्वय समितिको आयोजना तथा नगर कार्य समितिको सहआयोजनामा फुङलिङ बजारमा परिक्रमा गरी सामुदायिक भवनमा शुभकामना आदान–प्रदानको कार्यक्रम राखिएको नेपाल तामाङ घेदुङ ताप्लेजुङ जिल्ला समन्वय समितिले जनाएको छ । बिभिन्न जातिय तथा समुदायगत संस्थाका प्रतिनिधिहरु आ–आफ्नै पहिरनमा सजिएर कार्यक्रममा सहभागी भएका छन् ।
ल्होसार मनाउने समुदायमा’ल्हो’अर्थात वर्षको चक्र बाह्रवटा भएको विश्वास रही आएको छ । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । यी बाह्र वर्गलाई बाह्र राशीको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहो¥याएर वर्ष गनिन्छ । हरेक वर्ष सोनाम ल्होसार माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म धर्मालम्बीहरुले समुदायले घर, गुम्बा र सार्वजनिक स्थानमा विभिन्न पूजा–प्रार्थना,पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रमसहित मनाउने गरेको पाइन्छ ।