बार्ताद्धारा समस्या समाधान गरी केवलकार निर्माण प्रकृया अघि बढाउन फुङलिङ नगरप्रमुख मादेनको अपिल

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १५ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले केवलकार निर्माणको बिषयमा बढ्दो तनाव बार्ताद्धारा समस्या समाधान गरी केवलकार निर्माण प्रकृया अघि बढाउन सहयोगको अपेक्षा गरेको छ ।

नगरप्रमुख अमिर मादेनले मंगलवार विज्ञप्ति जारी बन्द र हड्तालले सर्वसाधारण मारमा परेको उल्लेख गर्दै बन्द हड्ताल फिर्ता लिई वार्ताद्धारा समस्या समाधानका लागि आग्रह गर्नु भएको छ । उहाँद्धारा जारी विज्ञप्तिमा नगर कार्यपालिकाको २०८१ साल माघ १५ गते बसेको बैठकले बन्द र हड्ताल समाधान नहुने निश्कर्ष निकालेको तथा २०८१ साल भदौ २१ गते बसेको बैठकले नगर क्षेत्रमा बन्द हड्ताल गर्न गराउन नपाउने निर्णय भएको उल्लेख गरिएको छ ।

मादेनद्धारा हस्ताक्षरित विज्ञप्तिमा सम्बाद र सहमतिका आधारमा सबैको स्वामित्व र अपनत्व हुनेगरी केवलकार निर्माण कार्य अघि बढाउन सहयोगको अपेक्षा गरिएको छ । विज्ञप्तिमा निर्वाचित जनप्रतिनिधिलाई जिल्ला बाहिर आवतजावतमा निशेध गर्ने गरी‘नो केवलकार’ पक्षधरहरुले गरेको घोषणाको भत्र्सना समेत गरिएको छ ।

गत माघ १२ गते पाथीभरा क्षेत्रमा भएको घटनाका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत विज्ञप्तिमार्फत गरिएको छ । मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, थरगत संस्था सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघले केहिदिन अघि संयुक्त विज्ञप्ति जारी गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनलाई ‘वंशगद्दार’ को संज्ञा दिदैं उहाँलाई ताप्लेजुङ जिल्लाबाहिर निषेध गर्ने घोषणा गरेका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts