अनुदानलाई दिगो र व्यवसायिक बनाउन किसानलाई मैवाखोला गाउँपालिकाको आग्रह

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ३ । ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले अनुदान लिएको बर्ष राम्ररी काम गर्ने र अर्को बर्षबाट शुन्यमा झर्ने प्रवृत्ति ननिम्त्याउन किसानलाई आग्रह गर्नु भएको छ ।

मैवाखोला गाउँपालिका वडा नं ३ स्थित मैदानी सुके लामपोखरी खरकेली बहुउद्देश्यीय कृषक समूहलाई आलु प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि सामग्री हस्तान्तरण गर्दै उहाँले उक्तकुरा बताउनु भएको हो ।‘अनुदान प्राप्तिपछि किसानले त्यसलाई दिगो र व्यवसायिक बनाउन भूमिका निर्वाह गरेमा आत्मनिर्भरता समेत बढ्दै जाने छ’पालिका अध्यक्ष वनेमले भन्नु भएको छ ।

पालिका अध्यक्ष वनेमका अनुसार उक्त कृषक समूहले यसवर्ष ८० रोपनी जग्गामा आलु रोपेको छ । ताप्लेजुङको मैवाखोला क्षेत्र आलु पकेट कार्यक्रमका लागि उपयुक्त जग्गा भएको क्षेत्र समेत मानिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts