काफ्लेपाटीमा ६ थान सिसी क्यामेरा जडान

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २७ । दर्शनार्थी तथा स्थानीय बासिन्दाको सुरक्षा सम्बेदनशिलतालाई मध्यनजर गरी ताप्लेजुङस्थित पाथीभरा क्षेत्रको काफ्लेपाटी क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पाथीभरा क्षेत्र विकास समितिको सहयोगमा ६ थान सिसी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

सिसी क्यामेराको मनिटरिङ पर्यटक सहायता प्रहरी डेस्कले गर्ने भएको छ ।

 

Similar Posts