पेशागत वीमा अभिकर्ता संघमा बराल

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ८ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी शाखा समिति ताप्लेजुङको चौथो अधिवेशनले हरिप्रसाद बराल अध्यक्ष रहेको पेशागत वीमा अभिकर्ता संघ नेपाल,विमक जिल्ला समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षम लिलाप्रसाद पौडेल,सचिवमा दावाछेतेन शेर्पा,सहसचिवमा सीताकुमारी कार्की र कोषाध्यक्षमा देउमाया ओझालाई चयन गरेको छ ।

समितिका सदस्यहरुमा चतुरमति लिम्बू,डिल्लीकुमार मेन्याङ्वो,अम्विका बिष्ट र दिनेशकुमार बिष्ट रहनु भएको छ ।

Similar Posts