|

शान्ति आविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस ५ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित हर्कमान दिलमाया शङ्खर स्मृति प्रतिष्ठानले एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । प्रतिष्ठानले चौथो स्मृति दिवसको अवसरमा शुक्रबार फुङ्लिङ नगरपालिका–२ को शान्ति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
प्रतिष्ठानका संरक्षक गंगाराम शङ्खरका कापी, डटपेनलगायतका शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गरिएको छ । शान्ति आविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरणसँगै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसमेत प्रदान गरिएको शङ्खरले जानकारी दिनुभयो ।
कक्षाका प्रथम, द्वितीय र तृतीय स्थान ल्याउने बिद्यार्थी साथै बिद्यालय प्रथम, अनुशासित, जेहेन्दार तथा नियमित विद्यालय आउने विद्यार्थीलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार बितरण गरिएको प्रतिष्ठानले जनाएको छ । संरक्षक शङ्खरका अनुसार आफ्ना स्वर्गीय बाबुआमा हर्कमान, दिलमाया र श्रीमती दिलमाया शङ्खरको स्मृतिमा २०७७ सालमा अक्षयकोष स्थापना गरिएको हो ।
शान्ति आधारभूत विद्यालयमा सञ्चालन हुने गरी प्रतिष्ठानले अक्षयकोष स्थापना गरेको हो भने कोषको व्याजले बिद्यार्थीलाई शैक्षिक सामग्री, पुरस्कार वितरण गरिँदै आएको छ । शान्ति आधारभूत बिद्यालयमा हाल ८२ जना बिद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक खगेन्द्रकुमारी कार्कीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts