फुङ्फुङगे झरना पर्यटन मेलालाई थप वृहत्त बनाउँदै ‘महोत्सव’मा रुपान्तरण गरियो,तयारी तीव्र
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २८ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा मंसिर ७ गते देखि हुने फुङ्फुङगे झरना पर्यटन मेलालाई ‘महोत्सव’को रुपमा रुपान्तरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले थप बृहत्त र व्यवस्थित गरी सञ्चालन गर्न यसअघि गर्ने भनिएको मेलालाई ‘महोत्सव’को रुपमा रुपान्तरण गरिएको जानकारी दिनुभयो ।‘पर्यटन मेलाको सट्टा अब पर्यटन महोत्सव हुनेगरी तयारीलाई तीव्र पारिएको छ’कार्कीले भन्नुभयो । फुङफुङ्गे झरना सहित सो क्षेत्रमा रहेका असंख्य प्राकृतिक सम्पदाको प्रवद्र्धन तथा बजारीकरणका लागि मेलालाई महोत्सवको रुपमा रुपान्तरण गरिएको कार्कीले बताउनुभयो । महोत्सव तथा खेलकुदका माध्यममार्फत पर्यटकीय स्थलको प्रचारप्रसार भई गाउँपालिका मात्र नभएर सिङ्गो जिल्लाको पर्यटन प्रवद्र्धन तथा विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सवकै रुपमा रुपान्तरण गरी कार्यक्रम थप बृहत्त बनाईएको कार्कीले जानकारी दिनुभयो । यसअघि त्यहाँ फुङ्फुङगे झरना पर्यटन मेला आयोजना गर्ने बताईएको थियो ।
खेलकुदलगायत विभिन्न गतिविधिसहित आउँदो मंसिर ७ देखि १० गतेसम्म साँवाको तेम्बामा महोत्सव आयोजना गर्न लागिएको छ । फुङ्फुङगे झरना पर्यटन विकास समितिमार्फत सञ्चालन हुने महोत्सवले मिक्वाखोला क्षेत्रको मात्र नभई ताप्लेजुङको पर्यापर्यटन विकासमा योगदान दिने समिति अध्यक्ष विजय साँवाले जानकारी दिनुभयो । समितिका अध्यक्ष साँवाका अनुसार पर्यटन मेलाको मुख्य आकर्षणका रुपमा पुरुष तथा महिला खुला फुटबल प्रतियोगिता राखिएको छ । खेलकुदका माध्यमबाट समेत पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा राखेर महोत्सवमा फुटबल प्रतियोगिता समावेश गरिएको आयोजक समितिले बताएको छ ।
वडा तथा स्तरीय प्रतियोगिताका विजेता र उपविजेताले पुरुषतर्फ क्रमशःएक लाख ११ हजार एक सय ११ र ६१ हजार एकसय ११ रुपैयाँ राशिको नगद पुरस्कारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै महिलातर्फ विजेताले ५५ हजार एक सय ११ तथा उपविजेताले ३१ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष सुकबहादुर साँवाले बताए । महोत्सवमा साँस्कृतिक कार्यक्रम लगायतका गतिविधिसमेत सञ्चालन हुने समितिले जनाएको छ । २०४५ सालमा फुङ्फुङगे युवा मेलाका नामबाट झरनास्थलमा मेला लाग्न सुरु भएको थियो । मेलाले २०५२ सालसम्म निरन्तरता पाएर माओवादी द्वन्द्वपछि बन्द भएको अवस्थामा त्यसकै निरन्तरता स्वरुप करिव २९ वर्षपछि फुङ्फुङगे झरना पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो ।