सिकैचाको उपनिर्वाचनका लागि जिल्ला न्यायाधीस श्रेष्ठ मुख्य निर्वाचन अधिकृत

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २६ । मंसिर १६ गते हुने ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

निर्वाचन आयोगले सिकैचाको उपनिर्वाचनका लागि ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीस विकास श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । आयोगले उपनिर्वाचन हुने ४२ स्थानकै लागि सोमवार अबेर मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

आयोगले तोकिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई कात्तिक ३० गते भित्र सम्वन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी कार्य सम्पादन सुरु गर्ने जिम्मेवारी समेत तोकेको छ ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts