वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको ताप्लेजुङको सिकैचामा पन्ध्रसय बढी मतदाता !

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १९ । आउँदो मंसिर १६ गते ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा १ हजार ५ सय बढी मतदाता हुने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज(विपिन)दुलालका अनुसार कुञ्जारी मतदानस्थलमा १ हजार २६ जना र ओसे मतदान स्थलमा ५ सय २ जना गरी कूल १ हजार ५ सय २८ जना मतदाता हुने देखिएको छ । यद्यपी,मतदाताको आधिकारिक तथ्याङ्क भने निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशित गर्दा मात्र यकिन हुने भएको छ । निर्वाचन आयोगले कात्तिक २६ गते अगावै मतदाता नामावली प्रकाशित गर्ने तयारी गरेको छ । बैदेशिक रोजगारीमा गई २०८० साल कात्तिक २४ गते देखि वडामा अनुपस्थित वडाध्यक्ष दिलप्रसाद बोखिमले २०८१ साल असोज १८ गते हङकङबाटै राजीनामा पत्र पठाएपछि निर्वाचन आयोगले सिकैचामा पनि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ । मंसिर ३ गते उम्मेदवारको बिरोधमा उजुरी दिने,३–४ र मनोनयन पत्र र उजरीउपर जाँचबुझ गरी निर्वाचन आयोगले निर्णय लिने छ भने सोहि दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने छ । यस्तै मंसिर ५ गते उम्मेदवारलाई नाम फिर्ता लिने समय दिइने छ भने नाम फिर्ता लिने समय सकिएपछि सोहि दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने छ । मतदान हुनु ४८ घण्टा अघि अर्थात् मंसिर १३ गते राति १२ः०० बजेपछि देखि मौन अवधि सुरु हुने छ । मौन अवधिमा प्रचार–प्रसारका कुनैपनि गतिविधि गर्न पाइने छैन ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts