| |

देउसी भैलोलाई मर्यादित बनाउन अनुरोध

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक १० । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले देउसी भैलोलाई मर्यादित बनाउन आग्रह गरेको छ । जिल्लाको समग्र शान्ति सुरक्षालाई दृष्टिगत गरी तिहारमा खेलिने देउसी भैलोलाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले शुक्रबार सूचना प्रकाशित गर्दै चाडपर्वलाई मर्यादित रुपमा मनाउन अनुरोध गर्नुभएको छ । नजिकिएको तिहारमा देउसी भैलोलगायतका साँस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित र व्यवस्थित गरी आयोजना गर्न सहायक प्रजिअ खड्काले जिल्लावासीलाई आग्रह गर्नुभएको हो ।
चाडपर्वका समयमा सार्वजनिक स्थानमा होहल्ला र झैझगडा नगर्न, मादक पदार्थ सेवन गरी पारिवारिक र सामाजिक जनजीवन साथै सार्वजनिक मर्यादा र शान्ति सुरक्षामा खलल् पु¥याउने गतिविधि नगर्न पनि प्रशासन कार्यालयले सूचनामार्फत अनुरोध गरेको छ । त्यस्तै जुवातास, लङ्गुबुर्जा नखेल्न नखेलाउन, भुइँचम्पा, पटका आतिसबाजीजस्ता विस्फोटक तथा प्रज्ज्वलनशील पदार्थ प्रयोग र विक्री वितरण नगर्न पनि आग्रह गरिएको छ ।
सूचना तथा अनुरोधको बेवास्ता गरी सामाजिक सद्भाव भड्काउने, समाजको वातावरण प्रदूषित बनाउने, विपत्जन्य घटना निम्त्याउनेजस्ता कार्य भएको कानुनबमोजिम कारबाही हुने पनि जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत सचेत गराएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts